नवीनको उपचारका लागि पृतनापति कडायतले दिए आर्थिक सहयोग

 मंसिर १४, २०७५ शुक्रबार ११:१:० | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको बिहीबार दुर्घटनामा घाइते भएका दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विकको उपचारका लागि सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले आर्थिक सहयोग गर्नुभएको छ । 

घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन/प्रशारण भएपछि पृतनापती तथा उपरथी कडायतले उपचारका लागि दशहजार आर्थिक सहयोग दिनुभएको हो । 

पृतनापति उपरथी कडायतले सुदूरपश्चिम पृतना मुख्यालयमा नवीनकी बृद्ध हजुरआमालाई दश हजार रुपयाँ दिनुभएको स्थानीय टेकबहादुर कामीले बताउनुभयो । बस दुर्घटनामा नवीनकी आमा शशी विकको ज्यान गएको छ ।

डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १८ जनाले अन्यले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । घाइते बालक नवीनका बुवा गएको ५ वर्षदेखि घर परिवारबाट सम्पर्कविहीन छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया