राष्ट्रपति भण्डारी र म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीबीच भेटवार्ता

 मंसिर १४, २०७५ शुक्रबार १२:१२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालको औपचारिक भ्रमणमा रहनुभएकी म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्नुभएको छ । 

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन हिजो बिहान काठमाडौं आइपुग्नुभएकी सुकीले आज बिहान राष्ट्रपति भण्डारीसँग छलफल गर्नुभएको हो । यस्तै सुकीले अहिले केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

दरबारमार्गको होटल अन्नपूर्णमा प्रधानमन्त्री ओली र सुकीबीच दुईदेशीय हितबारे छलफल हुने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलपछि प्रधानमन्त्री ओलीले सुकीलाई दिवाभोज समेत दिँदै हुनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग होटल द्वारिकाजमा शिष्टाचार भेट गर्नुका साथै दुई देशीय आपसी हित, शान्ति प्रक्रिया, नेपाल सरकारको प्राथमिकताबारे छलफल गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया