एड्स दिवस भव्यताका साथ मनाउने तयारी

 मंसिर १४, २०७५ शुक्रबार १४:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – सरकारले विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी  मनाउने  भएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबार विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी मनाउने जानकारी गराएको हो ।

डिसेम्बर १ का दिन प्रत्येक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ । यसै अवसर पारेर नेपालले पनि योे दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउने लागिएको केन्द्रका प्रमुख तारा पोखरेलले जानकारी दिनुभयो ।

यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ । विश्वमा अहिले ३ करोड ७० लाख नागरिकमा यो रोगको संक्रमण देखिएको छ ।

नेपालमा भने यो रोग संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । केन्द्रका प्रमुख पोखरेलले त्यसमध्ये १२ हजार महिला सो रोगको संक्रमणमा परेको पनि जानकारी दिनुभयो ।

सरकारले सन् २०३० भित्र पूर्ण नियन्त्रण हुने गरी एड्स रोग नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । केन्द्रले एड्स रोगबाट बच्न सावधानी अपनाउन पनि सबैलाई आह्वान गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया