पत्रकार तथा खेलाडी सम्मानित

 मंसिर १४, २०७५ शुक्रबार १७:१७:७ | उज्यालो सहकर्मी

काठमाडौं – युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै १४ जना युवाहरुलाई सम्मान गरेको छ । 

युवा तथा खेलकूद मन्त्रालयले शुक्रबार मन्त्रालयमा एक कार्यक्रम गर्दै खेलकुद तथा पत्रकारिता क्षेत्रमा क्रियाशील १४ जनालाई पुरस्कारसहित सम्मान गरेको हो ।

मन्त्रालयले मोफसल पत्रकारितामा क्रियाशील गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइनखबर बाग्लुङका विश्वास बुढाथोकीलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । पुरस्कृत हुने सबैले सम्मान पत्रसहित ५० हजार नगद पनि प्राप्त गर्नु भएको छ ।

यस्तै मन्त्रालयले खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमीलाई जनही एक लाख रुपैयाँ नगदसहित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरेको छ । 
 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया