काठमाडौं–तराई फाष्टट्रयाक निर्माणमा सेनाले गरिरहेको कामप्रति भौतिक पूर्वधार मन्त्रालयको असन्तुष्टि

 मंसिर १४, २०७५ शुक्रबार १८:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘काठमाडौं–तराई द्रुतमार्ग’मा नेपाली सेनाले गरिरहेको कामप्रति असन्तुष्टि जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नपारी नेपाली सेनाले सो दूुतमार्ग निर्माण कार्य अघि बढाएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो । शुक्रबार संघीय संसद अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले सो दु्रतमार्गको २० वटा ब्रिज के आधारमा टेन्डर आह्वान  गरेको भनि नेपाली सेनालाई प्रश्न पनि गर्नुभयो ।

नेपाली सेनाले पुल, टनेललगायतका काम अघि बढाउँदा जिम्मेवार मन्त्रालयसँग परामर्श नगरेको मन्त्री महासेठको गुनासो छ । मन्त्री महासेठले रक्षा मन्त्रालयमार्फत् नेपाली सेनालाई सो दु्रतमार्ग निर्माण गर्न दिने अघिल्लो सरकारको निर्णय गलत भएको र सोबारे आफूले प्रधानमन्त्री केपी ओली र नेपाली सेनाको नेतृत्वलाई जानकारी गराएको पनि स्मरण गराउनुभयो ।

उहाँले सेनाले सो द्रुतमार्ग निर्माण गर्दा गरिएको त्रुटिबारे जानकारी गराउन संसदीय समितिलाई स्थलगत अवलोकन गराउने जानकारी पनि दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया