प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

 जेठ २९, २०७५ मंगलबार १८:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई सिफारिस गरेको छ ।

संवैधानिक परिषदको मंगलबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनु भएका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको परिषद सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि वरिष्ठ न्यायाधिश जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

प्रधानन्यायाधीशमा सिफारिस हुनु भएका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीले अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया