अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदैछन् । शीर्ष स्थानको म्यान्चेष्टर सिटी एएफसी बर्नमाउथसँग खेल्दैछ । सिटीको मैदान एतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने नौ बजे हुनेछ ।
आजको खेलमा जित हात पारेको खण्डमा सिटीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँचमा लम्ब्याउनेछ ।
लिभरपुल भने ३३ अंक सहित दोस्रो स्थानमा छ । आजै म्यान्चेष्टर युनाइटेड भने साउथह्याम्टनसँग खेल्नेछ । लिगमा युनाइटेड २१ अंक सहित सातौं स्थानमा छ ।
यसैगरी अाज बेलुका र राति गरी ला लिगामा ४ तथा सिरी ए मा ३ खेल हुँदैछन् ।
अाजकाे प्रिमियर लिग, ला लिगा तथा सिरी ए का खेलहरु यसप्रकार हुनेछन् :
प्रिमियर लिग
क्रिष्टल प्यालेस भर्सेस बर्नले बेलुका ८ः४५
हडर्सफिल्ड टाउन भर्सेस ब्राइटन बेलुका ८ः४५
म्यान्चेष्टर सिटी भर्सेस बर्नमाउथ बेलुका ८ः४५
न्युक्यासल भर्सेस वेष्ट ह्याम बेलुका ८ः४५
लेस्टर भर्सेस वाटफाेर्ड बेलुका ८ः४५
साउथह्याम्टन भर्सेस म्यान्चेष्टर युनाइटेड बेलुका ११ः१५
ला लिगा
सेल्टा डि भिगो भर्सेस हुएस्का बेलुका ५ः४५
रियल भालाडोलिड भर्सेस लेगानेस बेलुका ९ः००
गेटाफे भर्सेस एस्पान्योल बेलुका ११ः१५
रियल मड्रिड भर्सेस भ्यालेन्सिया राति १ः३०
सिरी ए
एसपीएएल भर्सेस एम्पोली बेलुका ७ः४५
फियोरेन्टिना भर्सेस युभेन्टस बेलुका १०ः४५
साम्प्डोरिया भर्सेस बोलोना राति १ः१५