मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
रोल्पा – झण्डै ८ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया बस्नुभएका गंगादेव गाउँपालिका–३, नावली रोल्पाका हुकुमबहादुर डाँगीले बाख्रापालन व्यवसाय सुरु गरेको ३ वर्ष भयो ।
८ वटा बाख्राबाट व्यवसाय सुरु गरेका डाँगीसँग अहिले १ सय ५० भन्दा बढी बाख्रा छन् । अहिलेसम्म कतैबाट सहयोग नलिएका डाँगीले ३० लाखभन्दा बढी लगानी गरी सक्नुभएको छ ।
व्यवसाय त सुरु गरे पनि तर उत्पादन भएका खसीबोका कहाँ पुर्याउने भन्ने बारेमा थाहा नहुँदा बजार व्यवस्थापनमा समस्या हुने हो कि भन्ने उहाँलाई चिन्ता छ । स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उहाँको माग रहेको छ ।
डाँगी मात्र होइन स्वदेशमै बेरोजगार बसेका युवा हुन् या वैदेशिक रोजगारीबाट फर्केका पछिल्लो समय रोल्पामा व्यावसायिक बाख्रापालन गर्नेहरुको संख्या बढ्दै गएको छ । बोयर, खरी, जमुना पारी, बाबरी तथा लोकल जातका बाख्रा पालन गरेका यहाँका किसानले एकै चोटी धेरै उत्पादन गर्दा बजार व्यवस्थापन गर्न समस्या हुन्छ कि भन्ने चिन्ता छ ।
बिचौलीयाका कारण उचित मूल्य नपाइने हो कि भन्ने चिन्ता किसानहरुको भएकाले यसमा स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।