ए डिभिजन लिग: च्यासललाई दुर्इ एकले हराउँदै संकटा तेस्रो स्थानमा

 मंसिर १५, २०७५ शनिबार १३:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा संकटाले क्लबले चौथो जित हात पारेको छ ।

पहिलो तीन खेलमा जित र यस अघिको खेलमा पराजय भोगेको संकटाले आज च्यासल युथ क्लबलाई २–१ ले हरायो ।

हलचोककाे एपीएफ मैदानमा भएको खेलमा संकटालाई जित दिलाउनका लागि अमित तामाङ र इलियन म्याक्सवेलले गोल गरेका थिए । खेलको २३औं मिनेटमा अमितले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

च्यासलका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई अमित तामाङले गोलमा परिणत गरे ।

पहिलो हाफमा सोही गोलको अग्रता कायम राखेको संकटाले दोस्रो हाफको तेस्रो मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक म्याक्सवेलले गोल गरेका थिए ।

८७औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काएका थिए । तर बाँकी समयमा च्यासलले गोल गर्न सकेन र २–१ ले पराजित भयो ।
जितसँगै संकटा तालिकामा १२ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । च्यासल भने चार अंक सहित आठौं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया