महेन्द्र सिंह धाेनी: झारखण्ड सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति

 मंसिर १५, २०७५ शनिबार १४:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी झारखण्ड सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । 

व्यक्तिगत रुपमा धोनीले सन् २०१७–१८ मा ५७.०४ करोड भारतीय  रुपैयाँ कर बुझाएका छन् । भारतको आयकर विभागले शुक्रबार उनलाई सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मान पनि गरेको छ ।

तर सम्मान कार्यक्रममा भने उनी उपस्थित थिएनन् । उनी क्रिकेट कन्ट्री क्लब टेनिस टुर्नामेन्ट खेल्न व्यस्त भएकाले कार्यक्रममा उपस्थित नभएका हुन् । उनले टेनिसमा डबल्स तर्फ उपाधि जितेका छन् ।

क्रिकेटका साथै  धोनीले विभन्न कम्पनीको विज्ञापन खेलेवापत पनि ठूलो रकम कमाउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया