निर्मलालाई न्याय दे...

 मंसिर १५, २०७५ शनिबार १५:३२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – ‘निर्मलाका लागि न्याय’ भन्दै युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

निर्मलाको लागि न्याय का पोष्टरसहित शनिबार माइतीघर मण्डलामा भेला भएका युवाहरुले घटनाका दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

उनीहरुले ‘निर्मलाहरुलाई न्याय दे’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘प्रहरी पनि बिकेछन्, नेताबाट सिकेछन्’ भन्ने नारा लगाएका थिए । प्रहरीले एशिया प्रशान्त शिखर सम्मेलनमा विदेशी पाहुना आएको भन्दै यो समयमा विरोधका कार्यक्रम गर्दा नराम्रो सन्देश जाने भन्दै प्रर्दशन नगर्न अनुरोध गरेको थियो । यद्यपि युवाहरुले भने प्रर्दशन जारी राख्दै नयाँ वानेश्वरसम्म नाराबाजीसहितको र्‍याली गरेका थिए ।

विभिन्न छानबिन समिति गठन भए पनि घटनाको चार महिना बितिसक्दा पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई सरकारले अझै पत्ता लगाउन सकेको छैन ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

1 Comments

  • Choplal belbase

    Dec. 1, 2018, 4:39 p.m.

    मेरो जीवन काल कै गैरजिम्मेवार र नालायक सरकार को महसुस हुदै!

  •  0 Reply

तपाईको प्रतिक्रिया