महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
फुटबलको महासंग्राम फिफा विश्वकपको २०१८ संस्करण २ दिनपछि रुसमा सुरु हुँदैछ ।
विश्वकप प्रत्यक्ष रुपमा हेर्नका लागि फुटबलका पारखीहरु रुस पुग्ने क्रम सुरु भइसकेको छ । फुटबल प्रेमीहरु विभिन्न किसिमका सवारी साधन चढेर रुसमा विश्वकप हेर्न गइरहेका छन् ।
यीनै फुटबल पारखीहरुमध्ये एक जना ७० वर्षका वृद्ध जर्मनीबाट ट्रयाक्टर चढेर रुस जाँदै गरेको भेटिएका थिए ।
ह्युबेर्ट वर्थ नाम गरेका ती वृद्ध जर्मनीबाट रुस जाँदै गर्दा पोल्याण्ड र बेलारुसको सिमानामा भेटिएका थिए ।
‘१० दिनमा त पुग्छु,’ प्रतिघण्टा ३० किलोमिटरको गतिमा रहेको सन् १९२० को दशकमा बनेको लान्ज बुलडग ट्र्याक्टरमा पूर्वतिर लागिरहेका उनले भने ।
ट्र्याक्टरमाथि सानो ‘घर’ नै थियो ।
उनको साथमा एउटा कुकुर पनि थियो । ‘काठले बनाइएको उनको ‘घर’ वियर बोक्ने भ्यान जस्तो देखिन्थ्यो ।
उनले पोल्याण्ड र बेलारुसको सिमाना पार गर्दै गरेको अवस्थामा भिडियो समेत लिन भ्याएका थिए ।
उनको चलायमान घरको अघिल्लो भागमा फुटबलको चित्रसँगै जर्मन भाषामा ‘हेल्लो मस्को’ लेखिएको स्टिकर टाँसिएको थियो । त्यसभन्दा अघिल्तिर एउटा साइकल थियो ।
घरको छतमा एउटा सोलार प्यानल पनि थियो ।
उनी पेट्रोल पम्पमा पुग्दा पेट्रोल भर्दै गरेका अन्य चालकहरु ट्र्याक्टरको ठूलो आवाजले तर्सिए । तर उनको साधन सामान्य स्थितिमा थियो ।
त्यहाँ उनले ६० लिटर डिजल भरे र बेलारुसको सिमानामा रहेको चेकपोस्टमा सडक कर तिरे ।
ती वृद्ध मिजासिला थिए । बोर्डर आसपासमा उनी एक सेलेब्रटी नै बन्न पुगे ।