कपिलवस्तुमा ५ सय १ जना एचआईभी संक्रमित

 मंसिर १५, २०७५ शनिबार १७:२५:१० | गोपाल भण्डारी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कपिलवस्तु – कपिलवस्तुमा मात्रै ५ सय १ जना एचआईभी संक्रमित रहेका पाइएको छ । एचआईभी संक्रमितमध्ये ५६ जना बालबालिका रहेका छन् ।

विश्व एड्स दिवसको अवसरमा शनिबार कपिलवस्तुको चन्द्रौटामा आयोजित एक कार्यक्रममा एचआईभी एडस् न्यूनिकरणको क्षेत्रमा कार्यरत समर्पण सहयोग समूहले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

संक्रमित ५ सय १ जना सबैले एआर्टी औषधी सेवन गर्दैै आएका छन् । समुदायमा झण्डै २ सय बढी एचआईभी संक्रमितहरु रोग लुकाएर बसेको अवस्था रहेको समूहका प्रशिक्षक रामबहादुर भरले बताउनुभयो ।

कपिलवस्तुको सीमा क्षेत्रका नागरिकहरु एचआईभी एड्सको जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएको छ । सामाजिक बहिष्कारका कारणले गर्दा अझै पनि समुदायमा एअआईभी संक्रमितहरु खुल्न नसकेको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया