जीपका पछाडिका सिटहरु प्रहरीले हटाएपछि मनपरी भाडा असुल्दै व्यावसायी !

 मंसिर १५, २०७५ शनिबार १७:५६:५२ | जयराज अवस्थी
unn.prixa.net

फाइल तस्बिर

बैतडी – बैतडीमा ट्राफिक प्रहरीले जीपका पाछाडिका सिटहरु हटाएपछि बैतडीका यात्रुहरुलाई निकै सास्ती भएको छ ।

जीपमा धेरै यात्रुहरु चढाएको भन्दै जीपका पाछाडिका सिटहरु प्रहरीले हटाएको थियो । सवारीसाधन संञ्चालकहरुले नियमविपरित जीपका पाछाडि सिट थपेको भन्दै प्रहरीले बैतडीमा चल्ने ८० भन्दा बढी जीपहरुको पाछाडिका सिटहरु हटाएको छ ।

यसपछि जीपहरुले १५ जनासम्म यात्रु बोक्ने गरेका थिए । तर अहिले प्रहरीले पाछाडिका जीपका सिटहरु हटाउँदा ५ जना यात्रु मात्र बोक्नुपर्ने बाध्यता सवारीचालकहरुलाई भएको छ ।

एउटा जीपमा ५ जना मात्र यात्रु बोक्नुपर्ने भएकोले अहिले आवतजावत गर्नको लागि सवारीसाधन पाउनै मुस्किल भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ कि मञ्जु भट्टले बताउनुभयो ।

कहीँ कतै जान परे गाडी कुर्दा— कुर्दा थाक्नु पर्ने अवस्था आए पनि सवारीसाधन नपाइने गरेका उहाँले गुनासो गर्नुभयो । मुख्य ठाउँबाट सवारीसाधन प्याक भएर आउने गरेकोले अन्य ठाउँमा चालकहरुले जीपहरु नरोक्ने गर्दा आफूहरुलाई धेरै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सवारीसाधान नपाइएकै कारणले घण्टौं हिँड्नु पर्ने समस्या भएको सुर्नया ३ कि पवित्रा भट्टले बताउनुभयो । पाइएका सवारीसाधनले पनि चर्को भाडा लिने गरेका उहाँको गुनासो छ । जीपका पाछाडिका सिट हटाएदेखि जीप सञ्चालहरुले मनपरी भाडा लिने गरेका यात्रुहरुले गुनासो गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया