राष्ट्रपति पद मोह : ७३ पार्टीले दिए उम्मेदवारी !

 मंसिर १५, २०७५ शनिबार १८:१६:४९ | रासस
unn.prixa.net

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउँदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय चुनावका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो । स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति हुनुहुन्छ ।

‘त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८ सय ४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६ सय १५ जना पुरुष र २ सय ३३ जना महिला रहेका छन्’, उहाँले भन्नुभयो ।

आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै सहयोगका लागि आह्वान पनि गर्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया