यसरी झाँगिएकाे थियाे निक र प्रियंकाबीचकाे प्रेमसम्बन्ध, प्रेम प्रस्ताव ग्रीसमा

 मंसिर १५, २०७५ शनिबार १८:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रियंका चोपडा र निक जोनस भोग म्यागाजिनलाई दिएको एउटा अन्तरवार्ता अहिले भाइरल भइरहेको छ, जसमा उनीहरुले आफ्नो अफेयरका बारेमा खुलेर बताएका छन् ।

यो म्यागाजिनको जनवरी अंकको लागि प्रियंकाले फोटोशुट गराएकी थिइन् । यसै क्रममा यो जोडीले आफ्नो प्रेमकहानीका बारेमा खुलेर बताएको थियो ।  

पहिलो भेट भोग म्यागाजिनका अनुसार निकले क्वांण्टिकाे श्रृंखलामा काम गर्ने प्रियंकाका सह कलाकार ग्राहम रोजर्स लाई म्यासेज पठाएका थिए ।

निकले म्यासेजमा लेखेका थिए, ‘प्रियंका निक्कै सुन्दर छिन् ।’ सन २०१६ को सेप्टेम्बरमा निकले प्रियंकालाई पहिलोपटक ट्विटरमा ‘हाम्रा केही साझा साथीहरुले हामी भेट्नुपर्ने सल्लाह दिइरहेका छन्’ भनेर लेखेका थिए ।  

यो म्यासेजको जवाफ प्रियंकाले दिइन् । उनले लेखेकी थिइन्, ‘यो म्यासेज मेरो क्वांण्टिकोको टिमले पढ्न सक्छ, त्यसैले फोन गरेको राम्रो ।’ म्यागाजिनका अनुसार सन् २०१७ मा निक र प्रियंकालाई डिजाइनर राल्फ लरेनले ‘मेट गाला’ मा आमन्त्रित गरे ।

यसभन्दा अघि यी दुवै एउटा ड्रिंक पार्टीमा न्यूयोर्कमा भेट भएका थिए । यो भेटपछि प्रियंकाले निकलाई आफ्नो घरमा बोलाएकी थिइन् । घरमा उनकी आमा मधु चोपडा टिभीमा ल एण्ड अर्डर भन्ने सिरियल हेरिरहेकी थिइन् । प्रियंकाले त्यतिबेला आफूहरुबीच केही घण्टा गफगाफ भएको बताइन् ।

निकले ग्रीसमा प्रेम प्रस्ताव राखेका थिए

निक र प्रियंकाको तेस्रो भेटमा निकले प्रियंका नै आफूले विवाह गर्न चाहेको केटी भएको ठहर गरे । निकले आफूले प्रियंकालाई उनको बर्थडेमा प्रोपोज गरेको बताएका छन् । उनले प्रियंकालाई ग्रीसमा प्रोपोज गरेका थिए । निकले प्रियंकाका लागि एक हप्ता अगाडि नै औंठी किनेका थिए ।

उनले घुँडा टेकेर प्रियंकालाई भने, ‘ के म यो औंठी तिम्रो औंलामा लगाइदिन सक्छु ? के म तिमीसँग विवाह गरेर दुनियाँकै सबैभन्दा भाग्यमानी व्यक्ति बन्न सक्छु ?’ 

करिब ४५ सेकेण्डको सन्नाटापछि प्रियंकाले प्रस्ताव स्वीकारेकी थिइन् ।

त्यसै बेला निकका दाजु जो जोनसले निक र प्रियंकाका बारेमा एउटा अन्तरवार्तामा यसो भनेका थिए, ‘जब सार्वजनिक स्थलमा निकले प्रियंकालाई मेट गाला अवार्डमा देखेपछि क्लिन बोल्ड भएका थिए ।’
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया