साउथह्यम्पटनको अंक खोस्न सफल बन्यो म्यानचेस्टर युनाइटेड

 मंसिर १६, २०७५ आइतबार ७:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको सबैभन्दा सफल टिम म्यानचेस्टर युनाइटेड शनिबार राति भएको खेलमा साउथह्यम्पटनसँग अंक खोस्न सफल भएको छ ।

साउथह्याम्टनको मैदानमा भएको खेलमा घरेलु टिमले लिएको दुई गोलको अग्रता पुनरागमन गर्दै युनाइटेडले बराबरीमा रोक्यो । १३औं मिनेटमा स्टुवार्ट आर्मस्ट्रङले उत्कृष्ट गोल गर्दै साउथयाम्टनलाई अग्रता दिलाए । त्यसको सात मिनेटमै सेड्रिक सोरेसले फ्रिकिकमार्फत गोल  गरेपछि साउथह्याम्टनले अग्रता दोब्बर बनायो ।

 ३३औं मिनेटमा मार्कस राफोर्डको पासमा रोमिलु लुकाकुले गोल गर्दै साउथह्याम्टनको अग्रता २–१ मा छोट्याएका थिए । त्यसको ६ मिनेटमा नै एन्डर हरेराले गोल गरेपछि खेल बराबरीमा पुग्यो । हरेराले पनि रासफोर्डको पासमा गोल गरेका थिए । 

दोस्रो हाफमा गोल हुन नसक्दा युनाइटेड र साउथह्याम्नटले १–१ अंक बाँढे । बराबरीपछि युनाइटेडले २२ अंक सहित एक स्थान माथि चढ्दै सातौंमा पुगेको छ । साउथह्याम्टन भने नौ अंक सहित रेलिगेसन जोनमा छ ।

न्यूक्यासल युनाइटेड भने वेष्टह्याम युनाइटेडसँग आफ्नै मैदानमा पराजित भएको छ । वेष्टह्यामलाई जित दिलाउनका लागि जावियर हर्नाण्डेजले दुई गोल गरे ।

 उनले ११औं र ६३औं मिनेटमा गोल गरेका थिए । वेष्टह्यामका लागि तेस्रो इन्ज्युरी समयमा फिलिपे एन्डरसनले गरेका थिए । जितसँगै वेष्टह्यामले १५ अंक बनाएको छ भने न्यूक्यासलको १२ अंक छ ।


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया