चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु

 मंसिर १६, २०७५ आइतबार ७:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २  ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १०  वर्षीय बालक अमृत गुरूङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । 

साँझ ७ बजेतिर बेलुकीकाे खाना खाएर  हात चुठ्ने क्रममा चितुवाले बालकमाथि अाक्रमण गरेकाे अमृतका बुबा माईला गुरूङले बताउनुभयाे ।बालककाे उपचारकाे क्रममा डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा ज्यान गएकाे हाे ।

यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् । गएकाे कार्तिक २९ गते भानु नगरपालिका– ४ की ४ वर्षीय रन्जिता लम्सालकाे चितुवाकाे अाक्रमणबाट ज्यान गएकाे थियाे । त्यस पश्चात् सुरक्षाकर्मीले चितुवाकाे खाेजी गरे पनि फेला नपरेपछि छाेडेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया