फ्रान्स : मूल्यवृद्धि विरोधको प्रदर्शनले उग्र रुप लियो

 मंसिर १६, २०७५ आइतबार ८:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रान्सको राजधानी पेरिसमा तीन हप्तादेखि इन्धनमा भएको मुल्यवृद्धिको विरुद्धमा निरन्तरजस्तै प्रदर्शनहरु भइरहेका छन् । चम्किलो पहेँलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोरा र अश्रुग्याँस समेत प्रहार गरेका छन् । 

उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडवाडे फिलिपले विरोध प्रदर्शनको निन्दा गरेका छन् ।  उहाँले  प्रर्दशनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरेकाले प्रदर्शनकारीलाई माफी नदिने बताउनुभयो ।  तीन हप्ता यता भएको प्रर्दशनका क्रममा १ जना प्रर्दशनकारीको ज्यान गइसकेको छ । 

यसैबीच पछिल्लो पटक भएको प्रर्दशनको १ सय भन्दा धेरै प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनमा ३६ हजारभन्दा धेरै नागरिक सहभागि भएका फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया