आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 मंसिर १६, २०७५ आइतबार १०:३९:३८ | उज्यालो सहकर्मी

काठमाडौं – आइतबार रियाल, रिंगिट, दिर्हाम लयागतका विदेशी मुद्रा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २३  पैसा र बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ९ रुपैयाँ ९५ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ ०३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ६१ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया