म्यानमारकी नेतृ सु की स्वदेश फिर्ता

 मंसिर १६, २०७५ आइतबार १२:३८:५२ | रासस
unn.prixa.net

काठमाडौं - एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्मारका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ ।

नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । 

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेतृ सु की यही मङ्सिर १३ गते काठमाडौं आउनुभएको थियो ।

शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया