दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

 मंसिर १६, २०७५ आइतबार १२:४८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नम्बर ६ दशकिलोमा आइतबार बिहान बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

दुर्घटनामा गजुरी गाउँपालिकाका ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि बसेकी ४२ वर्षीय धनकुमारी भण्डारी सामान्य घाइते हुनुभएको छ । धादिङबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया