प्रिमियर लिग : आर्सनल र टोटनह्याम, चेल्सी र फुलह्याम, लिभरपुल र एभर्टन खेल्दै

 मंसिर १६, २०७५ आइतबार १३:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आइतबार तीन खेल हुँदैछन् । पहिलो खेल चेल्सी र फुलह्यामबीच हुनेछ । चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा हुने खेल नेपाली समयअनुसार पौने ६ बजे हुनेछ । अहिले चेल्सी २८ अंक सहित चौथो स्थानमा छ । फुलह्यामलाई पराजित गरेको खण्डमा चेल्सीले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी सातमा छोट्याउनेछ ।

फुलह्याम भने तालिकाको पुछारमा छ । चेल्सीलाई हराएमा फुलह्याम रेलिगेसन जोनबाट बाहिर निस्किनेछ । उसको जम्मा आठ अंक छ । जित निकालेमा फुलह्याम ११ अंक बनाउँदै १७औं स्थानमा उक्लिनेछ । अर्को खेलमा आर्सनल र टोटनह्याम आमने सामने हुनेछन् । टोटनह्याम ३० अंकसहित तेस्रो स्थानमा छ ।

आर्सनल भने २७ अंकसहित पाँचौं स्थानमा छ । आर्सनल र टोटनह्यामबीचको खेल ७ः५० मा हुनेछ । उपाधिको प्रवल दाबेदार लिभरपुल पनि अाइतबार एभर्टनसँग खेल्दैछ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ ।

लिभरपुलका लागि आइतबार म्याच निकै महत्वपूर्ण रहनेछ । तीन अंक जित्न सकेको खण्डमा लिभरपुलले उपाधि अभियानमा म्यान्चेस्टर सिटीलाई चुनौती दिन सक्नेछ । उसले अंक दूरी दुईमा झार्न सक्नेछ । लिभरपुलको मैदान एन्फिल्डमा एभर्टन विजयी भएमा उसको उपाधि अभियानमा धक्का लाग्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया