युएईका दुई जेलमा ७८ जना नेपाली

 मंसिर १६, २०७५ आइतबार १४:३६:४३ | उमाकान्त पाण्डे

युएई – युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् । 

यो वर्षमा दोस्रो पटक सुरु गरेको जेल भ्रमण अभियान अन्तर्गत दुतावास प्रतिनिधि टोली गएको बुधवार युएईको सारजाह जेल पुगेको थियो । सारजाह जेलमा ३ जना महिला र ७ जना पुरुष रहेका दूतावासले जनाएको छ । 

त्यस्तै दुबईको अल अविर सेन्टर जेलमा ४ जना महिला र ६४ जना पुरुष सहित ६८ जना नेपालीले जेल जीवन बिताइरहेको दुतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारिले जानकारी दिनुभयो । 

यूएईका सात वटा राज्यमा रहेका ८ वटा कारागारमा जेल जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने र गर्न सक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले जेल भ्रमण अभियान सुरु गरेको हो ।

युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलका अनुसार दुतावास टोली आउँदो हप्तादेखि बाँकी रहेका अरु ६ वटा जेलमा पुग्नेछ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया