न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरुले आफ्नो मात्रै आलोचना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।
सभापति देउवाले आफ्नो आलोचना गरेर पार्टी सामू आइपरेको चुनौतिको सामना गर्न नसकिनेतर्फ पनि पार्टीका नेताहरुलाई सचेत गराउनुभयो । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा उदघाटन गर्दै उहाँले पार्टीका नेताहरु कम्युनिष्टहरुलाई आलोचना गर्न भने डराएको दाबी गर्नुभयो ।
सभापति देउवाले विद्यमान चुनौतिलाई सामना गरेर अघि बढन पार्टी भित्र एकताको विकल्प नरहेको बताउनुभयो । उहाँले आफूले पार्टीको विधान अनुसार गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाउने काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।
सभापति देउवाले पार्टी विधान वा सहमतिको आधारमा चल्ने स्पष्ट पार्नुभयो ।