रग्बी फेस्टिभल तथा लाइभ म्युजिकमा लाउरे र सुगम गाउने, स्वस्तिमा नाच्ने

 मंसिर १६, २०७५ आइतबार १५:५२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - मंसिर २२ गते शनिबार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रका २ दर्जनभन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपाल रग्बी एसोसियशनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे क्वीन लागायत २ दर्जनभन्दा बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् ।

कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुने बताइएकाे छ ।
 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया