युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकार नै लागिपर्‍याे, यो आपत्तिजनक छ: डा. लोहनी

 मंसिर १६, २०७५ आइतबार १६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पार्नुभएको छ ।

उहाँले आफूहरुबीच एकताको छलफल चलिरहेको बताउनुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयाे ,‘तीनवटै राप्रपाबीच एकताको प्रयास भएको हो । तर, फ्रेमवर्क डकुमेन्ट बनाउन उहाँहरु मान्नुभएन । त्यही भएर एकता भए् । तर, हामी र पशुपतिजीबीच छलफल भैरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरुपनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ । सम्भवतः अब एक साताभित्र एकता हुन्छ ।’

डा. लोहनीले काठमाडौंमा आइतबार सम्पन्न हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाउनुभयो । 
त्यस्तै उहाँले यो कार्यक्रमको तामझामको लागि सरकारले कमसेकम दुई करोड खर्च गरेको आरोप लगाउनुभयो । 

डा. लोहनीले भन्नुभयो,‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र बुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो ।’

उहाँले प्रधानमन्त्री, मन्त्री तथा नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुले आशिर्वाद नै लिनुपर्ने भए नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मूल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुने नि भन्दै आपत्ति जनाउनुभयाे

उहाँले जनताले विश्वास गरेर वर्तमान सत्तारुढ दल नेकपालाई दुई तिहाई मत दिएको तर अब यस्तै भयो भने सँधै दुई तिहाई छ भन्ने नहुने भन्दै सचेत गराउनुभयाे । 
 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया