वडाको बजेट छुट्याएर वडाअध्यक्षले किनिदिए युवाहरुलाई क्यारमबोर्ड

 मंसिर १६, २०७५ आइतबार १७:१७:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ११ ले क्यारमबोर्ड खरिद गरी वितरण गरेको छ ।

क्यारमबोर्ड खरिदका लागि एकलाख रुपैयाँ बजेट छुट्टाइएको जानकारी दिँदै वडा अध्यक्ष उज्जवलसिंह राठौंरले अहिलेसम्म चारवटा टोलमा क्यारमबोर्ड वितरण गरिएको बताउनुभयो । नाम नबताउने शर्तमा एकजना वडासदस्यले युवाहरुलाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको बताउनुभयो ।

क्यारमबोर्ड खेलमा ठूलो जुवा समेत हुने गरेको भन्दै प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ । वडाको बजेटबाट नयाँ क्यारमबोर्ड पाएपछि क्यारम खेल्ने युवाहरु खुशी भए पनि अधिकांशले सरकारी बजेटको दुरुपयोग भएका दाबी गरेका छन् ।

अधिकारकर्मी प्रकाश उपाध्यायले वडाको बजेटबाट क्यारमबोर्ड खरिद गरी वितरण गर्नु स्थानीय सरकारकै लागि गलत ट्रेन्ड हुने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • डा.गंगा प्र. अधिकारी

    Dec. 3, 2018, 7:44 a.m.

    बडो राम्रो गरेछन् ! वाउ !! क्यारेमबोर्डमा युवा थन्किएपछि अब प्रौढ र वृद्धहरूलाई प्लेइङ कार्ड र युवती र महिलाहरूलाई गट्टा बाँडिदिए वडाध्यक्षले यसै आ.व. भित्रै 'समृद्धि' ल्याएर मुलुकभरकै अब्बल स्थानीय तह बनाउने थिए नि आफ्नो 'नरकपालिका' लाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया