‘मिस्टर एण्ड मिस टीन सुदूरपश्मिाञ्चल २०१८’ जोशी र गौतमलाई

 मंसिर १६, २०७५ आइतबार १७:३९:३८ | निर्मला खडायत
unn.prixa.net

कैलाली – धनगढीमा सम्पन्न ‘मिस्टर एण्ड मिस टीन सुदूरपश्मिाञ्चल २०१८’  को उपाधि विवेकराज जोशी र एलिशा गौतमले प्राप्त गरेका छन ।

शनिबार धनगढीमा भएको फाइनल प्रतिस्पर्धामा दुवै जनाले उपाधि हात पारेका हुन् । १३ जना प्रतियोगीलाई पछि पार्दै गौतम र जोशीले उपाधि प्राप्त गरेका हुन । ‘मिस्टर एण्ड मिस टीन सुदूरपश्मिाञ्चल २०१८’ अडिसन राउण्डमा तीन सयभन्दा बढी सहभागी भएका थिए ।

फाइनलमा महिला पुरुष गरी २६ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । विजेता बनेसँगै गौतम र जोशीले स्कुटी र मोटरसाइकल प्राप्त गर्ने भएका छन । यस्तै प्रतियोगितामा महिला र पुरुषतर्फ फस्ट रनरअप क्रमश जेनिफर वेद र प्रशान्त खड्का घोषित हुनु भएको छ भने सेकेण्ड रनरअपको उपाधि असुति सिंह र सन्तोष ओझाले प्राप्त गर्नु भएको छ ।

अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा नेपाली फिल्म जगतका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइँटेल, मिस एसिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिका निभाएको अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया