दीपिका-रणवीरको रिसेप्शनमा यसरी उपस्थित भयाे बलिउड र भारतीय क्रिकेट जगत

 मंसिर १६, २०७५ आइतबार १८:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले डिसेम्बर १ मा मुम्बईमा बलिउड कलाकारहरुको लागि विवाहको भव्य रिसेप्सनको आयोजना गरेका थिए । 

नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेर भारत फर्किएका नव दम्पतीले आयोजना गरेको तेस्रो रिसेप्सनमा बलिउडमा कलाकारहरुको उपस्थितिले त्यहाँको माहोल निकै नै शानदार बनेको थियो । 

यसअघि दीपिका हुर्किएको ठाउँ बेंग्लोरमा पहिलो रिसेप्सन राखिएको थियो जहाँ दीपिकाका आफन्तजन र साथीभाइहरु उपस्थित भएका थिए । 
यस्तै मुम्बईमा राखिएको रिसेप्सनमा रणवीर सिंहका आफन्तजन र साथीभाइबिच निकै नै सिमीत पाहुना डाकिएको थियो ।

डिसेम्बर १ मा मुम्बईको ग्र्याण्ड हायात होटलमा आयोजना गरिएको रिसेप्सनमा भने बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चन, शाहरुख खान लगायत कैयौं ठूला स्टारहरु उपस्थित भएका थिए ।

साथै खेल जगतको तर्फबाट क्रिकेटर कपिल देव, सचिन तेण्दुलकर, महेन्द्र सिंह धोनीलगायत बलिउडका अधिकाँश कलाकारहरु उपस्थित भएर दीपवीरलाई विवाहको शुभकामना दिएका थिए । 

बलिउड फिल्म जगतका महानायक अभिताभ बच्चन पत्नी जया बच्चन, छोरी स्वेता नन्दा र बुहारी ऐश्वर्या रायका साथ उपस्थित भएका थिए । 
अभिताभ बच्चनले नव दम्पतीलाई शुभकामना मात्रै नभई बलिउड गीतमा नाचेर खुशियाली मनाएका थिए । अहिले सामाजिक सञ्जालमा अमिताभ र दुलहा रणवीर सिंह नाचेका भिडियोहरु छाइरहेका छन् । 

 

दीपिका पादुकोणका पहिलो चलचित्रका नायक तथा बलिउडका किङ्ग खान शाहरुख खान एक्लै उपस्थित भएका थिए । शाहरुख पत्नी गौरी भने उपस्थित भएकी थिइनन् । 

भारतका दिग्गज एवम भारतिय क्रिकेटका पूर्व कप्तान कपिलदेव पत्नीका साथ, क्रिकेटर सचिन तेण्दुलकर पत्नी अञ्जली र छोरा अर्जुनका साथ, र क्रिकेटर महेन्द्र सिंह धोनी श्रीमती साक्षीका साथ दीपवीरको रिसेप्सनमा सहभागी भएका थिए । 


अभिनेता टाइगर श्राफ उनकी प्रेमिका अभिनेत्री दिशा पाटनीका साथ उपस्थित भएर सबैको ध्यान आकर्षित गरेका थिए ।  

अभिनेत्रीहरु कट्रिना केफ, ज्याकलिन फर्नाडीज, अनुष्का शर्मा, सोनाक्षी सिन्हा, यमी गौतम, रानी मुखर्जी लगायत दीपवीरको रिसेप्समा उपस्थित भएकf थिए ।  

अभिनेत्री रेखा निलो रंगको सिल्क सारीमा सजिएर उपस्थित भएकी थिइन । 

अभिनेता संजय दत्त श्रीमती मान्यता दत्तका साथ कालो रंगको शुटमा निकै नै बोल्ड अवतारमा सहभागी भएका थिए । 

अभिनेत्री रविना टंडन, राधिका आप्टे, लारा दत्ता  श्रीमानका साथ सहभागी भएका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया