शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
धादिङ – प्रहरी कानुन कार्यान्वयन गर्ने एउटा सदस्य भएकोले कानुन मिच्नेलाई निमिट्यान्न पार्न प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आइतबार उद्घाटन गर्दै खनालले सुन्दर भवन जस्तै सुन्दर काम गरेर नागरिकको अगाडि सम्मानित हुन प्रहरीलाई आग्रह गर्नुभयो ।
विगतमा प्रहरीबाट गल्ती कमजोरीहरु भएका भए पनि अबका दिनमा कुनै गल्ती वा कमजोरी भए कुनै प्रहरीलाई छुट नदिने खनालको भनाई थियो । प्रहरी महानिरीक्षक खनालले धादिङमा गुण्डा र अपराधीहरु सलबलाएको सुनेकोले उनीहरुलाई कसुर अनुसार कारबाही गरी जिल्लालाई शान्ति सुरक्षा कायम गर्न निर्देश दिनुभयो ।
महिलामाथी हुने हिंसा, भ्रष्टाचार, मानवबेचबिखनलगायतका विषयमा शून्य सहनशिलता कायम गर्न पनि उहाँले अनुरोध गर्नुभयो । खानालले धादिङमा २० वर्षअघि प्रहरी निरीक्षक भएर काम गर्दा रकम लिएर आउनेहरुसँग आफूले काम गरेको स्मरण गर्नुभयो ।
धादिङमा १ करोड ६६ लाख २१ हजार रुपैयाँको लागतमा दुई तले भवन निर्माण भएको थियो । आइतबारबाट त्यही भवन उद्घाटन खनालले गर्नुभयो ।