बंगलादेशले वेस्ट इन्डिजविरुद्धकाे दाेस्रो टेस्ट एक इनिङ र १४८ रनले जित्याे

 मंसिर १६, २०७५ आइतबार १९:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशका मेहदी हसनले दुई इनिङमा १२ विकेट लिए पछि वेस्ट इन्डिज दोस्रो टेस्टमा पनि पराजित भएको छ ।

यो सँगै २ टेस्टको श्रृंखला बंगलादेशले ह्वाइटवास गरेको छ। पहिलो इनिङमा ५०८ रनको विशाल योगफल तयार पारेको बंगलादेशले दोस्रो इनिङ नै ब्याटिङ गर्नु परेन ।

वेस्ट इन्डिजले पहिलो इनिङमा १११ रन मात्रै बनाएपछि फलो अनमा परेको थियो । त्यसपछि दोस्रो इनिङमा पनि वेस्टइन्डिजले २१३ रनमा अल अाउट भएपछि  बंगलादेशले एक इनिङ र १८४ रनको जित निकाल्न सफल भयो ।  

बंगलादेको जितमा वेस्ट इन्डिजको पहिलो पारी ध्वस्त बनाउने क्रममा मेहदी हसनले ७ विकेट लिएका थिए ।  १६ ओभर बलिङ गरेका हसनले १ ओभर मेडन राख्दै ५८ रन खर्चिएर महत्वपूर्ण सात जना ब्याट्सम्यानलाई पेभेलिएन पठाएका थिए ।  यसैगरी १५.४ ओभर बलिङ गरेका शकिब अल हसनले ४ ओभर मेडन राख्दै २७ रन खर्चिएर ३ विकेट लिए ।

फलाे अनमा ब्याटिङ गर्दा बंगलादेशी बलरहरु नै वेस्ट इन्डिजका ब्याट्सम्यानमाथि हावी भएका थिए । मेहदी हसनले ५ विकेट लिँदा तजुल इस्लामले ३ तथा शकिब अल हसन र नइम हसनले एक एक विकेट लिए । वेस्टइन्डिजका शिमरोन हेत्मेयरले सर्वाधिक ९३ रन बनाउँदा केमार रोचले दोस्रो ठूलो रन ३७ मा नट आउट रहे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया