युराे २०२० काे तालिका सार्वजनिक: हेर्नुहाेस् कुन समूहमा काे काे परे?

 मंसिर १६, २०७५ आइतबार २०:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली फुटबल महासंघ यूईएफएले सन् २०२० मा हुने युरो कप छनोट प्रतियोगिताको ड्र सार्वजनिक गरेको छ ।

सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन पोर्चुगल समूह बी मा परेको छ । समूह बी मा पोर्चुगलसँगै युक्रेन, सर्विया, लिथुअानिया र लग्जेम्बर्ग छन् ।

तीन पटकको च्याम्पियन जर्मनी भने समूह सी मा छ । यस समूहमा नेदरल्याण्ड्स, उत्तरी आयरल्याण्ड, इस्टोनिया र बेलारुस छन् ।

तीन पटक उपाधि जितिसकेको अर्को टिम स्पेन भने समूह एफ मा छ । यस समूहमा स्वीडेन, नर्वे, रोमानिया, फारो आइल्याण्ड्स, र माल्टा छन् ।

विश्व विजेता फ्रान्स रहेको समूह एच मा आइसल्याण्ड, टर्की, अल्बानिया, मल्डोभा र एन्डोरा छन् । समूह ए मा इंग्ल्याण्ड, चेक गणतन्त्र, बुल्गेरिया, मन्टेनेग्रो र कोसोभो छन् ।

समूह डी मा स्वीट्जरल्याण्ड, डेनमार्क, आयरल्याण्ड गणतन्त्र, जर्जिया र जिब्राल्टर छन् ।
समूह ई मा विश्वकपको उपविजेता क्रोएसिया, वेल्स, स्लोभाकिया, हंगेरी र अजरबैजान छन् । यस्तै समूह जी मा पोल्याण्ड, अष्ट्रिया, इजरायल, स्लोभेनिया, मेसेडोनिया र लाट्भिया छन् ।

समूह आई मा बेल्जियम, रसिया, स्कटल्याण्ड, साइप्रस, कजाख्स्तान र सान मारिनो परेका छन् । समूह जे मा इटाली, बोस्निया–हर्जगोविना, फिनल्याण्ड, ग्रिस, अर्मेनिया र लिचेन्स्टाइन छन् । 

छनोट प्रतियोगिता २०१९ को मार्च र नोभेम्बर महिनामा हुनेछ । प्रत्येक समूहका विजेता र उपविजेताले सिधै युरोकपमा स्थान बनाउनेछन् । 

यो संस्करणदेखि युरोपका विभिन्न देशमा आयोजना हुने युरोकपको सेमिफाइनल र फाइनल भने लण्डनकाे वेम्ब्ली रंगशालामा हुनेछ

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया