फुलह्याममाथि चेल्सीकाे सहज जित

 मंसिर १७, २०७५ सोमबार ७:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । फुलह्यामलाई २–० ले हराउँदै चेल्सी प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीको जितमा पेद्रो र रुवेन लफ्टस चिकले एक एक गोल गरे । पेद्रोले चौथो मिनेटमा गोल गरेका थिए भने लफ्टस चिकले ८२औं मिनेटमा दोस्रो गोल गरेका थिए । जितसँगै चेल्सीले ३१ अंक बनाएको छ । फुलह्याम भने आठ अंकसहित तालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया