इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल चौथो स्थानमा

 मंसिर १७, २०७५ सोमबार ७:१३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल चौथो स्थानमा आएको छ । आइतबार रातिको खेलमा टोटनह्यामलाई ४–२ गोल अन्तरले पराजित गर्दै ३० अंकका साथ चौथो स्थानमा आएको हो । 

समान ३० अंक भएको पराजित भएको टोटनह्याम गोल अन्तरका आधारमा पाचौं स्थानमा छ । १० औं मिनेटमा पेरर इमरिकले पेनाल्टी मार्फत गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा इरिकले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काएका थिए । 

खेल बराबरी भएको ४ मिनेट पछि हेरी केनले पेनाल्टी मार्फत गोल गर्दै पहिलो हाफमा टोटनह्यामले २–१ को अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ५६औं मिनेटमा पेररले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ७४ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै आसर्नलको अग्रता ३–२ बनाएका थिए ।

७७ औं मिनेटमा लुकास टोरियाले गोल गरे पछि आर्सनल ४–२ ले अघि बढेको थियो । ८५औं मिनेटमा टोटनह्यामका जान भेट्रोन दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिए पछि बाँकी समय १० खेलाडीमा सिमित भएको थियो । 

एलेक्जेन्डर लाकाटेजीलाई फल गरे पछि पहँलो कार्ड पाएका थिए । उनले पहिलो हाफमा ह्याण्ड गर्दा पनि पहेलो कार्ड पाएकाले मैदान छाड्न बाध्य भए । त्यसपछि थप गोल नभए पछि आर्सनल ४–२ गोल अन्तरले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया