एभर्टनमाथि लिभरपुलकाे जित

 मंसिर १७, २०७५ सोमबार ७:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । एभर्टनलाई १–० ले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी दुई कायम राखेको छ । 

प्रतिस्पर्धात्मक खेलको इन्ज्युरी समयको अन्तिम समयमा डिभोक ओरिगीले गोल गरेपछि लिभरपुल तीन अंक जोड्न सफल भएको हो । 

इन्ज्युरी समयमा भर्जिल भ्यान डिकको प्रहार क्रशबारमा लागेको थियो । क्रशबारबाट झरेको बललाई भ्यान डिकले गोल गर्दै लिभरपुललाई अंक बाँढ्नबाट जोगाए ।

जितसँगै लिभरपुलले तालिकामा ३६ अंक बनाएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३८ अंक छ । प्रिमियर लिगको १४औं खेल सकिँदा सिटी शीर्ष स्थानमा, लिभरपुल दोस्रो स्थानमा छ भने ३१ अंक सहित चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । 

टोटनह्यामलाई हराएपछि आर्सनल पनि ३० अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ । समान अंक भए पनि गोल अन्तरमा पछि पर्दै टोटनह्याम पाँचौं स्थानमा छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया