पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द

 मंसिर १७, २०७५ सोमबार ७:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक सोमबारदेखि बुधबारसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । 

सडक स्तरोन्नतिका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पूर्ण रुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा बाटो मर्मतको काम भैरहेकाले  दैनिक सडक बन्द गर्नु परेको जनाइएको छ ।  एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीलाई भने रोक नलगाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

सडकमा खसेका  ढुङ्गा फुटाएर हटाउनुपर्ने, पहिरो पन्छाउने  तथा सडक मर्मत गर्नुपर्ने भएको हुँदा सडक नै बन्द गर्नु परेको आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया