बार्सिलोना फेरि शीर्ष स्थानमा फर्कियाे

 मंसिर १७, २०७५ सोमबार ७:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । अाइतबार राति भएको खेलमा भिल्लारियललाई २–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । 

बार्सिलोना शीर्ष स्थानमा फर्काउनका लागि डिपोर्टिभो एलभेसको भूमिका पनि महत्वपूर्ण रह्यो । एलभेसले यसअघि शीर्ष स्थानमा रहेको सेभियालाई बराबरीमा रोकेपछि बार्सिलोनाले एक अंकको अग्रता बनाएको हो । 

क्याम्प नोउमा भएको खेलको १३औं मिनेटमा भिल्लारियलको स्योर सट गोल पोलमा लागेर फर्किएको थियो । ३६औं मिनेटमा बार्सिलोनाले अग्रता लियो । ओशुमान डेम्बेलेको क्रशलाई हेड गर्दै जेरार्ड पिकेले गोल गरे । 

खेलमा बार्सिलोनाले सातवटा प्रहार भिल्लारियलको पोस्टमा गरेको थियो । तर दोस्रो गोल ८७औं मिनेटमा मात्र सम्भव भयो । बार्सिलोना बी टिमबाट आएका कार्लेस एलेनाले वन भर्सेस वनको स्थितिमा गोलकिपरलाई विट गर्दै गोल गरेका थिए । 

सेभिया डिपोर्टिभो एलभेससँग बराबरीमा रोकिएपछि बार्सिलोना शीर्ष स्थानमा उक्लयो । बार्सिलोनाको २८ अंक छ । बराबरीपछि सेभियाले १ अंक थप्दै २७ अंक बनाएको छ । डिपोर्टिभोको मैदानमा भएको खेलमा घरेलु टिमले ३७औं मिनेटमा जोनीको पासमा गोल गरेका थिए । 

७८औं मिनेटमा विसाम बेन यड्डरले गोल गर्दै सेभियालाई हारबाट जोगाए । डिपोर्टिभो पनि २४ अंक सहित उपाधि होडमा छ । 

एट्लेटिको मड्रिड र गिरोनाबीचको खेल पनि एक एक गोलको बराबरीमा सकियो । पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन स्टुवानीले पेनाल्टीमा गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए ।

खेल सकिन आठ मिनेट बाँकी रहँदा रामाल्होले आत्मघाती गोल गरेपछि एट्लेटिको बराबरी गर्न सपल भएको हो । एट्लेटिकोको लिगमा २५ अंक छ भने गिरोनाको २१ अंक छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया