अष्ट्रेलियाली युवा क्रिकेटरले बनाए एकै अाेभरमा ६ छक्कासहित दाेहाेराे शतककाे कीर्तिमान

 मंसिर १७, २०७५ सोमबार १७:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाका एक युवा क्रिकेटरले अष्ट्रेलियाको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै ओभरमा छ छक्का प्रहार गर्दै दोहोरो शतक पनि बनाएका छन् ।

यो कीर्तिमान एडिलेडमा चलिरहेको पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिपका दौरान बनेको हो ।

यी कीर्तिमानी युवा खेलाडीको नाम हो अाेल्ली डाभिस जसले यू–१९ टोलीका लागि यो कीर्तिमान बनाएका हुन् । उनी स्थानीय न्यूसाउथवेल्स मेट्रो टिमका क्याप्टेन हुन र विशेष गरी म्यान्ली–वारिंगा क्रिकेट क्लबबाट खेल्ने गर्दछन् ।

डाभिसले ११५ बलको सामना गर्दै २०७ रन बनाए । उनको यो विशाल योगदानसहित टिमको जम्मा रन ५० ओभरमा ४०६ थियो भने टिमले जम्मा ४ विकेटमात्र गुमाएको थियो । यो दोहोरो शतक यू–१९ पुरुष च्याम्पियनसिपमा पहिलोपटक बनेको थियो भने यो च्याम्पियनसिपमा सन् २००१–०२ मा जेसन क्रेज्जापछि पहिलोपटक बनेको हो ।

डाभिसले ४० औं ओभरको ६ बलमा ६ वटै छक्का प्रहार गरेका थिए । उनले आफ्नो दोस्रो शतकका लागि जम्मा ३९ बलको मात्र सामना गरेका थिए ।

‘म ठिकठाकको बलबाट सिंगल र लुज बलबाट बाउण्ड्री हान्न खोजिरहेको थिएँ,’ डाभिसले भने, ‘मैले पहिलो दुइ बलमा मेरो टाउकोमाथिबाट छक्का हानेपछि अरु बलहरुलाई पनि बाउण्ड्री कटाउने सोचिरहेको थिएँ र अन्त्यमा यो भएरै छाड्यो ।म पछाडिको खुट्टाको सहाराले स्क्वायर र काउ कर्नरतिर लक्ष्य गरेर स्लग स्वीप गर्ने कोशिस गर्दै थिएँ ।’

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया