अर्घाखाँचीको मेहलपानीमा आगलागीः अपाङ्ग बालकको ज्यान गयो, घरगोठ जलेर नष्ट

 मंसिर १७, २०७५ सोमबार १९:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिकाको मेहलपानीमा आगोलागी हुँदा एक जना अपांग बालकको ज्यान गएको छ ।

मालारानी गाउँपालिकाको  वडा नम्बर ६ मेहेलपानी निवासी जंगबहादुर बिकको घरमा आगोलागी हुँदा उहाँका ११ वर्षका अपांग छोरा नारायण बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका नारायणलाई सोमबार साँझ आगोबाट निकाल्ने  प्रयास गर्दा गर्दै घटनास्थलमै ज्यान गएको स्थानीय पुरन सौरागले बताउनुभयो ।

विद्युत सर्ट हुँदा घरगोठमा आगो लागेको हो । आगलागीबाट घरभित्र रहेका अन्नबाली, लत्ताकपडा नष्ट हुँदा झण्डै १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया