क्रिस गेलले याैन दुर्व्यवहारकाे मुद्दामा सफाइ पाए, साथमा ३ लाख डलर क्षतिपूर्ति पनि

 मंसिर १७, २०७५ सोमबार १९:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइन्डिजका क्रिकेटर क्रिस गेलले महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका छन् ।

अष्ट्रेलिया अदालतले गेलको पक्षमा फैसला गर्दै उनलाई आरोप लगाउने त्यहाँको फेयरफ्याक्स मिडियालाई ३ लाख डलर क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । 

उक्त मिडियाले सन् २०१५ मा एक महिलालाई उदृत गर्दै २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिलाअगाडि कपडा खोलेको आरोप लगाएको थियो । तत्कालिन समयमा सञ्चारमाध्यमहरुमा गेलका विषयमा विभिन्न टिप्पणीहरु भए पनि उनले सधैं उक्त घटनामा आफू संलग्न नभएको बताउँदै आएका थिए ।

धेरै नै टिप्पणी भएपछि उनले फेयर फ्याक्स मिडियालाई विपक्षी बनाएर अदालतमा २०१६ मा मुद्दा दर्ता गरेको थिए । २०१७ को अक्टोबरमा  न्यायाधीशसमक्ष आरोप लगाउने पत्रकारले  सवुत प्रमाण पेश गर्न सकेका थिएनन् ।

त्यतिबेला न्यू साउथ वेल्सको सर्वोच्च अदालतका न्यायाधीश लूसी मैकमेलमले गेल उक्त समाचारबाट धेरै आहत भएको बताएका थिए ।

सोमबार अदालतले अन्तिम फैसला गर्दै गेललाई ३ लाख डलर क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो । साथै फैसलामा फेयरफ्याक्स मिडियाले क्रिकेट जगतका हस्तीहरुका साथै समर्थकका बीचमा पनि गेललाई बद्नाम गर्न खोजेकाले क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख गरिएको छ ।

तर फेयरफ्याक्स मिडियाले सोमबार आएको फैसलाको पुनरावेदन गर्ने जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया