यूएईले फेरि आममाफीको म्याद एक महिना थप्यो

 मंसिर १७, २०७५ सोमबार २०:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

यूएई – यूएईले गैरकानुनी रुपमा आफ्नो देशमा बसेका विदेशी कामदारलाई आममाफी दिने प्रकृया फेरि एक महिना थप गरेको छ ।

डिसेम्बर २ बाट लागू हुने गरी यूएईले एक महिनाको आममाफीको म्याद थपेको जनाएको छ । सोमबार यूएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीको लागि एक महिनाको म्याद थपेको व्यहोरासहितको विज्ञप्ति जारी गरेको छ ।

आममाफीको लागि अगाडिनै प्रकृया सुरु गर्नेले पनि पुनः प्रकृया अगाडि बढाउन सक्ने छन् । यूएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको प्रकृया अगाडि बढाइएको हो । यसअघि पनि यूएईले चार महिना आममाफी दिने समय तोकेको थियो । गएको अगष्ट १ बाट सुरु भएको आममाफी प्रकृया डिसेम्बरमा सकिएको थियो ।

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो देश फर्किन अवसर दिइएको हो ।

यो अवधिमा यूएईमा रहेको नेपाली दूतावाससहित विभिन्न देशका दूतावास तथा कन्सुलेटहरुले घुम्ती सेवा मार्फत गैरकानुनी रुपमा रहेका आफ्नो देशका नागरिकले वैधानिक बन्न वा आममाफी प्रक्रियामा सहभागी हुन सहयोग गरेका थिए ।

यूएईमा अवैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको तीन महिनाको आममाफी प्रकृयालाई गएको अक्टोबर ३० बाट एक महिना लम्बाइएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया