प्रियंकामाथि विवाहमा जनावरको दुरुपयोग गरेको आरोप

 मंसिर १८, २०७५ मंगलबार ७:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

विवाहमा धमाकेदार आतिसवाजी पछि सामाजिक संजालमा ट्रोल भइरहेकी प्रियंका यतिबेला अर्को झमेलामा परेकी  छिन् । भारतमा जनावरहरुको अधिकारको क्षेत्रमा काम गर्ने संस्था पेटाले प्रियंका र निकको विवाहमा जनावरहरुको प्रयोग गरेको आरोप लगाएको छ । 

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाह भइसकेको छ । भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा डिसेम्बर १ र २ मा क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाह भएको हो ।

पेटाले उसको आधिकारिक ट्वीटरमार्फत लेखेको छ ‘प्रिय प्रियंका र निक, विवाहमा प्रयोग गरिने हात्ती र घोडालाई मानिसहरुले प्रयोग गर्न अस्वीकार गरिसकेका छन् । विवाहको शुभकामना ! तर हामीलाई दुःख लागेको छ, किनकी तपाईंहरुको विवाहको दिन तपाईंहरुले जनावरहरुलाई निकै नै दुख दिनुभयो ।’

साथै पेटाले प्रियंका र निकको विवाहमा पटाका पड्काएर गरिएको आतिसबाजीले जनावरहरुको मानसिक सन्तुलनमा असर परेको र जनावरमाथि अत्याचार गरेको आरोप पनि लगाएको छ ।  निक जोनस विवाहका दिन घोडा चढेर विवाहस्थल पुगेका थिए । 

जोधपुरबाट मुम्बई फर्किए प्रियंका र निक

अभिनेत्री प्रियंका चोपडा र निक जोनस जोधपुरबाट मुम्बई फर्किएका छन् ।

एयरपोर्टमा लिइएका तस्बिरमा प्रियंका विवाह पछि सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा मंगलसुत्रका साथ हरियो सारीमा सजिएकी थिइन् भने उनका पति निक जोनस क्याजुअल ड्रेसमा थिए । यो जोडीले केही दिनमा दिल्ली र मुम्बईमा भब्य रिसेप्सन आयोजना गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया