कलाकार भिमबहादुर थापाको निधन

 जेठ ३०, २०७५ बुधबार ७:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । 

९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उहाँ अझ चर्चित बन्नुभएको थियो । 

उहाँले २ वर्ष बृटिश सेनामा काम गरेर दोस्रो विश्वयुद्ध पनि लड्नुभयो । पछि उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँको जन्मघर खोटाङको लामिडाँडा हो ।
उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिंदैछ ।

अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम गरिने कलाकार दीपाश्री निरौलाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया