महिला हिंसा न्यूनीकरणका लागि निगरानी समूह गठन गरिने

 मंसिर १८, २०७५ मंगलबार ११:३३:३२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – महिला हिंसा न्युनिकरण गर्नको लागि दशरथचन्द नगरपालिकाले नगरपालिकाका ११ ओटै वडामा निगरानी समूह गठन गर्न लागेको जानकारी दिएको छ । नगरभित्रका महिलामाथि हुने हिंसा न्यूनीकरणमा स्थानीयस्तरबाटै पहल गर्ने उद्देश्यसहित निगरानी समूह गठन गर्न लागेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । 

नगरपालिकाका प्रत्येक वडाहरुमा महिलाहरुको भेला गराएर उनीहरुबाटै नेतृत्वको चयन गरेर निगरानी समूह गठन गरिने चन्दले जानकारी दिनुभयो । हिंसामा परेका महिलाहरुलाई न्याय दिनका लागि नगरपालिकाले संरक्षण रणनीति समेत तयार पारिसकेको र कानुन निर्माणमा नगरपालिका अग्रसर भइरहेको उहाँले बताउनुभयो । 

वडामा गठन गरिने निगरानी समूहले महिलामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि पैरवी गर्ने उहाँले बताउनुभयो । निगरानी समूहले न्यायिक समितिसँग समीपमा रहेर काम गर्ने हिसाबले तयारी भइरहेको उपप्रमुख एवं दशरथचन्द नगरपालिका न्यायिक समितिका संयोजक मीना चन्दले बताउनुभयो । 

नगरपालिकालाई महिला हिसांमुक्त र विभेदरहित बनाउनका लागि यो कार्यक्रम संञ्चालन गर्न लागीएको चन्दले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया