पुलिसलाई २–१ ले हराउँदै संकटा लिग तालिकाकाे दाेस्राे स्थानमा उक्लियाे

 मंसिर १८, २०७५ मंगलबार १६:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा आएको हो ।

पहिलो हाफमै संकटाले २ गोल गर्दा पुलिसले १ गोल गरेको थियो । दोस्रो हाफमा थप गोल नभएपछि संकटा २–१ गोल अन्तरले विजयी हुन सफल भयो ।  ६ मध्ये ५ खेल जित्दै १५ अंक पुर्याएको संकटा भन्दा १ खेल कम खेले पनि मनाङ गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । 

पहिलो हाफको छैटौं मिनेटमा पुलिसका भोला सिलवालले गरेको प्रहार संकटाका किपर  राजाबाबु थापाले बचाएका थिए । २०औं मिनेटमा अभिषेक रिजालको प्रयास पनि संकटाले विफल पारेको थियो । तर २९ औं मिनेटमा संकटाका सरोज दाहालले हेडर गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको पुलिसमाथि ३१औं मिनेटमा नोर्वेक केड्रिकको प्रहार बाहिरिएको थियो ।

इलियन म्याक्सवेलको पासमा दीपेस आले मगरले गोल गर्दै  संकटालाई २–० को अवस्थामा पुर्याए । २–० ले पछि परेको पुलिसले ३९ औं मिनेटमा  १ गोल फर्काएको थियो ।  रविशंकर पासवानले गोल गर्दैै संकटासँगको पुलिसको दूरी २–१ मा झारेका थिए । दोस्रो हाफमा दुवै पक्षबाट थप गोल नभए पछि संकटा २–१ गोल अन्तरले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया