‘निर्मलाकाे न्यायका लागि टाँसिएका पोष्टर च्यातेर प्रधानमन्त्रीको फोटो राख्दैमा नयाँ युगको प्रारम्भ हुँदैन’

 मंसिर १८, २०७५ मंगलबार १६:५८:५० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले निर्मलालाई न्याय दिन नसक्ने अहिलेको प्रधानमन्त्री र सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले नैतिकताका आधारमा  तत्काल राजीनामा दिनु पर्ने बताउनु भएको छ ।

कञ्चनपुरकी  १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको चार महिना बितिसक्दा समेत परिवारले न्याय पाउन नसकेको भन्दै नेतृ संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

नेपाल प्रेस युनियन सल्यानले मंगलबार सल्यान खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले प्रधानमन्त्री र गृहमन्त्रीले नै निर्मलाको प्रमाण नष्ट गर्न लगाएको आरोप लगाउनुभयो ।

सिंगो समाजले निर्मलालाई न्याय देउ भनेर सडकमा ओर्लिरहँदा पनि सरकार निर्लज भएर बसिरहेको उहाँको आरोप थियो । उहाँले भनुभयो, ‘निर्मलालाई न्यायको लागि टाँसिएका पोष्टर च्यातेर केपी ओलीको फोटो राख्दैमा नयाँ युगको प्राराम्भ हुँदैन । विधिको शासन र पीडितलाई न्याय दिलाउन सक्नुपर्छ ।

अहिलेको सरकारले न्याय नभएको देश बनाइसक्यो । न्याय मरिसकेको छ, हजारौं निर्मलाहरु बलात्कृत छन । यदि सरकार छ भने अपराधी र बलात्कारीलाई जसरी पनि सार्वजनिक गरी पीडितलाई न्याय दिनुपर्छ । म अहिलेको प्रधानमन्त्रीलाई न्याय दिलाउन आग्रह गर्दछु ।’

अन्तिम अपडेट: चैत १६, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया