कर्णाली प्रदेश भन्दा पनि पछि पर्‍याे प्रदेश २, १८ हजार जनसंख्यालाई एउटा बैंकको शाखा

 जेठ ३०, २०७५ बुधबार ९:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बैंक तथा वित्तिय क्षेत्रको पहुँचका हिसाबले प्रदेश नम्बर २ अन्य प्रदेश भन्दा पछि परेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार देशभर वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका  ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा छन् ।

 सबैभन्दा धेरै शाखा प्रदेश नम्बर ३ मा छन् भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा छन् । तर कर्णाली प्रदेशमा भन्दा धेरै बैंक तथा वित्तिय संस्थाका शाखा प्रदेश २ मा भए पनि जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रदेश २ पछि परेको छ ।

कर्णाली प्रदेशमा १३ हजार ८ सय ३३ जनसंख्या बराबर एउटा शाखा रहेको छ भने प्रदेश २ मा १७ हजार ९ सय ७३ जनसंख्या बराबर एउटा शाखा रहेको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको प्रति शाखा जनसंख्यालाई हेर्दा प्रदेश २ ले मा एक शाखाले १७ हजार भन्दा धेरै नागकिरलाई सेवा पुर्‍याएको छ भने प्रदेश ३ मा सबैभन्दा कम ४ हजार ६ सय ४० जनसंख्यालाई सेवा सेवा दिएको छ । 

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार प्रदेश १ मा एक शाखाले ८ हजार ३ सय ३७ जनसंख्यालाई सेवा दिइरहेको छ । प्रदेश २ मा १७ हजार ९ सय ७३, प्रदेश ३ मा ४ हजार ८ सय ५३,  प्रदेश ४ मा ४ हजार ६ सय ४०, प्रदेश ५ मा ७ हजार ६ सय ९४,  कर्णाली प्रदेशमा १३ हजार ८ सय ३३ र प्रदेश ७ मा एक शाखाले १३ हजार ३९ जनसंख्यालाई सेवा दिइरहेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • Dipesh shah

    June 13, 2018, 9:39 a.m.

    अरु प्रदेश भन्दा २ नं मा यति भेद भाव किन ?के त्यहाँ मधेशी पार्टीको सरकार छ भनेर ....that is not fear...........

  •  0 Reply

तपाईको प्रतिक्रिया