प्रधानमन्त्री ओलीलाई कारबाही हुनुपर्ने माग गर्दै परेको निवेदन प्रहरीले दर्ता गरेन

 मंसिर १८, २०७५ मंगलबार १८:२:५५ | उज्यालो सहकर्मी

काठमाडौं – धर्म परिवर्तनको उद्योग अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कारबाही हुनुपर्ने अधिवक्ता भुपेन्द्र पोखरेलले माग गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै अधिवक्ता पोखरेल काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दिन जानुभएको थियो । युनिभर्सल पीस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा क्रिश्चियन धर्म प्रति आकर्षित र आस्था राख्न बाध्य पार्ने गरि प्रचार प्रसार गरेकाले त्यसमा संलग्न प्रधानमन्त्री ओलीलाई कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।

काठमाडाैं प्रहरी परिसरमा दर्ता गर्न लगिएकाे निवेदन

अधिवक्ता पोखरेलले काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गराउन जाँदा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी दर्ता नगरेको बताउनुभयो । जाहेरीमा कार्यक्रम आयोजक संस्थाका नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध समेत कारबाहीको माग गरिएको छ ।

अधिवक्ता पोखरेल

‘राजनीतिक आवरणमा धार्मिक गतिविधिका लागि आयोजना भएको समिटमा झण्डै १५ सय जोडीलाई क्रिश्चियन धर्ममाताबाट आशिर्वाद दिलाई जिससकी छोरी भनेर चिनाउने हाक जा हान मुनबाट आशिर्वाद लिने दिने कार्यमा प्रधानमन्त्री ओली नै सरिक भइ धर्म परिवर्तनका लागि मतियार बनेकाले नेपालको संविधान तथा अपराध संहिता ऐन २०७४ को विपरित कार्य भएकाले कारबाही हुनुपर्ने’ जाहेरीमा माग गरिएको छ ।

साथै प्रधानमन्त्रीको सन्देश तथा मन्त्रीहरु, सरकारका उच्च तहका अधिकारीहरु, जनप्रतिनिधिहरुले दिनुभएको वक्तव्य प्रमाणको रुपमा रहेको पनि जाहेरीमा उल्लेख छ । यसका साथै प्रधानमन्त्रीले पाएको रकम र तक्मा तथा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यममा आएका खबरहरु पनि प्रमाणका रुपमा रहेको जनाइएको छ ।

पोखरेलको जाहेरीमा संस्थाले गरेको कार्यक्रमको आवश्यक छानबिन गर्न पनि माग गरिएको छ । प्रहरीले जाहेरी दर्ता नगरेपछि पोखरेल त्यसै फर्कनु परेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया