प्रदेश १ मा मन्त्री संख्या बढाउने तयारी

 मंसिर १८, २०७५ मंगलबार १८:२७:१९ | रासस
unn.prixa.net

इलाम – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताउनुभएको छ ।

मन्त्रिपरिषदमा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उहाँले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिनुभयो । किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५ औँ जन्मोत्सवका अवसरमा इलामको माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिनुभयो ।

‘हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया